detail-img

ललितपुरको नवौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः आचार्य 

ललितपुर । नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित हुनुभएको छ । 
नवौं जिल्ला अधिवेशन अन्तर्गत आज भएको निर्वाचनमा निवर्तमान अध्यक्ष आचार्य अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसैगरी उपाध्यक्षमा ललितपुर महानगरपालिकाकी उपमेयर समेत रहनुभएकी मञ्जली शाक्य बज्राचार्य निर्वाचित हुनुभएको छ । 
सचिवमा राम राउत बिजयी हुनुभएको छ भने उपसचिव खुल्लातर्फ प्रभाकर थापा र उपसचिव महिलातर्फ आशा राई बिजयी हुनुभएको छ । पदाधिकारीमा सर्वसम्मत हुन नसकेकोपछि निर्वाचन भएको थियो । 
अधिवेशनले पाँचजना पदाधिकारीसहित १२० सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखा कमिटी चयन गरेको छ । जसमध्ये विभिन्न क्लष्टरमा ४६ सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । 
निर्वाचनपश्चातको घोषणा सभामा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरू हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा र रुपनारायण श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका सचिव नवराज सिलवाल, उपसचिव भक्तकुमारी लामा लगायतको उपस्थिति रहेको थियो ।