detail-img

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकि उम्मेदवार घिमिरे निर्वाचित

काठमाडौं । नेकपा (एमाले) कि सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
राष्ट्रियसभामा आज भएको निर्वाचनमा घिमिरेले नेपाली कांग्रेसका उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षका लागि भएको मतदानमा ५५ सदस्य सहभागी भएका थिए । घिमिरेले ३९ मत ल्याउनुभएको थियो । उहाँलाई नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदले मत दिएका थिए ।
नवनिर्वाचित उपाध्यक्ष घिमिरे एमालेकी पोलिटव्यूरो सदस्य हुनुहुन्छ । २०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा घिमिरे लुम्बिनी प्रदेशबाट विजयी हुनुभएको थियो । 
कांग्रेस उम्मेदवार पुडासैनीले १६ मत प्राप्त गर्नुभयो ।