detail-img

आपसी सद्भाव र भातृत्व प्रवर्द्धनमा सहयोग

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ईस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर–इद् (ईदुल अजाह) पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

ईस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर–इद्का अवसरमा आज शुभकामना सन्देश सम्प्रेषण गर्दै अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहनुभएका ईस्लाम धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामनामा अध्यक्ष ओलीले भन्नुभएको छ– बकर–ईद्लाई करिव चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्वानी (बलिदानी)को सम्झना स्वरूप मनाइने पर्वका रुपमा लिइन्छ । यसै दिनदेखि हिजारी संवतको नयाँ बर्षको सुरूवात हुनेगर्दछ । गरिव तथा असहायलाई दान गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ ।

धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव, सहिष्णुता मेलमिलापलाई प्रवर्द्धन गर्दै आएका छन् । नेपालमा धार्मिक, सांस्कृतिक र भाषिक लगायतका विविधतालाई संवैधानिक रुपमा सम्मान र संरक्षण गरिएको छ । विविधता बीचको एकता हाम्रो मौलिक पूँजी हो र यसका माध्यमबाट हामीले देशलाई विकास र समृद्धिको नयाँ उचाईमा पुर्याउनुपर्ने छ ।

मुस्लिम समुदायको यस पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने छ भन्ने मेरो विश्वास छ ।

मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा ब्यक्त गर्दछु ।

समृद्ध–नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आ–आफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, बकर–ईद्का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी, दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।