detail-img

सल्लाहकार परिषद्को अध्यक्षमा कमरेड अमृत बोहोरा

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा कमरेड अमृतकुमार बोहोरा चयन हुनुभएको छ । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले पेस गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो ।
पार्टीको राजनीतिक कार्यदिशासँग सहमत केन्द्रीय कमिटी, केन्द्रीय निकायका पूर्व सदस्यहरू र निवर्तमान सहल्लाकार परिषद्का सदस्यहरूलाई समावेश गर्ने गरी सल्लाहकार परिषद् गठन गर्ने नीतिगत निर्णय गरिएको छ । केन्द्रीय कमिटीको कूल संख्याभन्दा बढी नहुने गरी केन्द्रीय सल्लाहकार परिषद्का बाँकी सदस्यहरूको मनोनयन गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयललाई प्रदान गर्नुका साथै यसका लागि आवश्यक गृहकार्य र समन्वय गर्न केन्द्रीय कार्यालयलाई निर्देशित गरिएको छ ।
अध्यक्ष कमरेड केपी शर्मा ओलीले सल्लाहकार परिषद्का नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । कमरेड बोहोरा दशौँ राष्ट्रिय महाधिवेशनघिसम्म दुई कार्यकाल केन्द्रीय अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो ।