detail-img

काभ्रे जिल्ला कमिटी अध्यक्षमा भुर्तेल निर्वाचित 

३१ जेठ (२०८१), बनेपा । नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीको अध्यक्षमा राजन भुर्तेल निर्वाचित हुनुभएको छ । 
नेकपा (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा भुर्तेल अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षका लागि अर्का उम्मेदवार चन्द्रबहादुर लामा हुनुहुन्थ्यो । 
नवनिर्वाचित अध्यक्ष भुर्तेल निवर्तमान जिल्ला कमिटीका सचिव हुनुहुन्छ । नमोबुद्ध नगरपालिकाका स्थायी बासिन्दा भुर्तेल २०६४ सालदेखि जिल्ला कमिटी सदस्य, विभागीय प्रमुख, सचिवालय सदस्य लगायतका जिम्मेवारीमा हुनुहुन्थ्यो । 
जिल्ला कमिटीका पाँचै पदाधिकारीमा आकाङ्क्षीहरू एकभन्दा बढी देखिएपछि सबै पदाधिकारीमा निर्वाचन भएको थियो । 
सो अनुसार, उपाध्यक्षमा देवसागर लामा निर्वाचित हुनुभएको छ भने सचिवमा राजकुमार सापकोटा निर्वाचित हुनुभएको छ । उहाँ यस अघि जिल्ला कमिटीको उपसचिव हुनुहुन्थ्यो । उपसचिवद्वयमा  रत्नकुश रन्जितकार र सूर्यमाया दनुवार निर्वाचित हुनुभएको छ ।