detail-img

गुल्मी जिल्ला अध्यक्षमा पुनः काउछा

३२ जेठ (२०८१), तम्घास । नेकपा (एमाले) गुल्मीको १२औं अधिवेशन बालसिंह काउछाको नेतृत्वमा नयाँ जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । 
नेतृत्वका लागि आकाङ्क्षीबीच सहमति नभएपछि भएको मतदानमा काउछा अध्यक्षमा विजयी हुनुभएको हो । काउछा निवर्तमान अध्यक्ष हुनुहुन्छ । अध्यक्षका लागि अर्का उम्मेदवार हिरा एसी हुनुहुन्थ्यो । 
त्यसैगरी उपाध्यक्षमा जीवन खरेल र सचिवमा धर्म विश्वकर्मा निर्वाचित हुनुभएको छ । दुईजना उपसचिवमध्ये खुलातर्फ चक्रबन्धु भुसाल र समावेशीतर्फ लक्ष्मी पन्थ (सर्वसम्मत) निर्वाचित हुनुभएको छ । अधिवेशनको यही २०८१ जेठ २९ गते पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले गर्नुभएको थियो । उद्घाटन समारोहमा पार्टीका सचिव गोकर्ण विष्ट, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटव्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्यहरू लगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले पार्टीले अगाडि सारको मिसन–२०८४ सफल बनाउन जिल्लामा सक्षम, योग्य र क्रियाशील नेतृत्व चयन गर्न आग्रह गर्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।