एमाले आज

स्थायी कमिटीको बैठक सम्पन्न, केन्द्रीय कमिटी बैठक मङ्सिर ४ गते

सेयर गर्नुहोस्

१ मङ्सिर (२०८३), काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । 
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको बैठकमा राष्ट्रिय भेलाको तयारीबारे छलफल भएको बैठकपछि पार्टीका उपमहासचिव लेखराज भट्टले  बताउनुभयो । 
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको चौथो बैठक मङ्सिर ४ गते बस्ने निर्णयसमेत गरेको छ । 

तीन केन्द्रीय सदस्यद्वारा सपथ ग्रहण

यसैबीच, केन्द्रीय कमिटीमा मनोनीत भई सपथ ग्रहण गर्न बाँकी रहनुभएका तीनजना केन्द्रीय सदस्यले सपथ ग्रहण गर्नुभएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो । सपथ ग्रहण गर्नेहरूमा नरेन्द्र भट्टराई, सीता अधिकारी र पोल्देन छोपाङ गुरुङ हुनुहुन्छ । 

हामीसँग जोडिनुहोस्