एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य किरण थापालाई अघि सार्ने निर्णय
2026-08-18 21:27:32
२ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)ले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य किरण थापालाई अघि सार्ने भएको छ ।

जनकवि स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
2026-08-17 20:34:21
१ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनकवि स्व.दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
2026-08-17 08:19:15
नेकपा (एमाले)ले अविरल बर्षाका कारण बाढीपहिरोबाट भएको जनधनको ठुलो क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरुको उद्धार र राहतको कार्यलाई तीब्र र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कम्युनिष्ट पार्टीहरु नयाँ योजनासहित सहकार्यका साथ अघि बढ्नुपर्नेः महासचिव पोखरेल
2026-08-16 22:10:18
३१ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टाढिएको बताउनुभएको छ ।

अहिले पार्टीमा पुनर्गठन होइन, पुनर्जागरण आवश्यक छः अध्यक्ष ओली
2026-08-16 21:22:48
३१ साउन (२०८३), झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीमा पुनर्गठन नभई पुनर्जागरण र संगठन सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।

पार्टीमा अराजकता र मनपरितन्त्र चल्दैनः अध्यक्ष ओली
2026-08-16 09:37:15
३० साउन (२०८३), इलाम । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको वर्तमान सरकारबाट देश सञ्चालन हुन नसक्ने बताउनुभएको छ ।

नेपाली समाजको वर्ग विश्लेषण विषयमा छलफल
2026-08-15 09:54:03
२९ साउन (२०८३), काठमाडौं । नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (इन्स्पायर)ले आज नेपाली समाजको वर्ग विश्लेषण विषयमा विशेष छलफल तथा प्रस्तुति कार्यक्रम आयोजना गर्यो ।

नेकपा (एमाले) र नेकपाबीच सहकार्य गर्ने सहमति कार्यान्वयनका लागि पाँचबुदे निर्देशन जारी
2026-08-11 21:37:12
२६ साउन (२०८३), काठमाडौं । नेकपा –एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारबारे भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि पाँचबुँदे निर्देशन जारी गरिएको छ ।

वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको छः महासचिव पोखरेल
2026-08-07 18:27:50
२२ साउन (२०८३), मन्थली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको बताउनुभएको छ ।
