एमाले आज
नेकपा (एमाले)का ताजा समाचार र अपडेट

नेकपा (एमाले)द्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान
2026-09-01 14:09:48
नेकपा (एमाले)द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ ।

भोटेकोशीको विपत्ति आकस्मिक प्राकृतिक घटना मात्र होइनः विज्ञहरु
2026-09-01 11:27:21
भोटेकोशीको विद्रूप वितण्डालाई एउटा आकस्मिक प्राकृतिक घटनाका रुपमा मात्र बुझियो भने गल्ती हुने धारणा विज्ञहरुको रहेको छ । यस घटनालाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्नुपर्ने उहाँहरुको सुझाव छ ।

भोटेकोशी विपदः उद्धार, राहत र पुनर्स्थापना कार्यलाई तीब्रता दिन रु. १ करोड २० लाख सहयोग गर्ने निर्णय
2026-08-31 22:52:52
नेकपा (एमाले)ले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीब्रता दिन रु. १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

आगामी असोज ५ देखि ७ गतेसम्म केन्द्रीय कमिटीको बैठक
2026-08-31 22:13:57
१५ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

भोटेकोशी विपद्का पीडितहरुको राहतका लागि दिल खोलेर सहयोग गर्न अध्यक्ष ओलीको आग्रह
2026-08-31 21:57:36
नेकपा (एमाले) ले विनाशकारी बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरी सहयोग गर्नेभएको छ ।

लुम्बिनी– काठमाडौं सम्पर्क कमिटी बैठकः बाढीपीडितको उद्धारका निम्ति पहल गर्ने निर्णय
2026-08-31 11:31:26
१५ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) लुम्बिनी–काठमाडौं सम्पर्क कमिटीले बाढीपीडितको उद्धार तथा राहतका लागि विशेष निर्णय गरेको छ ।

बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना रणनीतिका लागि बाग्मती प्रदेशमा सर्वदलीय बैठक
2026-08-31 08:27:56
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि आगामी रणनीति तय गर्न बाग्मती प्रदेशमा राजनीतिक दलका शीर्ष नेतासहितको बैठक बसेको छ ।

नेकपा (एमाले) मधेस प्रदेशले बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने
2026-08-31 08:19:39
१४ भदौ (२०८३), बर्दिबास । नेकपा (एमाले) मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

भोटेकोशी पीडितको उद्धार, राहत र पुनर्स्थापनामा समन्वय र नेतृत्वको अभाव
2026-08-30 20:31:08
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपत्तिको समयमा तत्काल उद्धार, राहत र पुनर्स्थापनामा राज्यका सबै संयन्त्र परिचालन हुनुपर्नेमा सङ्घीय सरकारले अपेक्षित समन्वय र नेतृत्व दिन नसकेको बताउनुभएको छ
