detail-img

केन्द्रीय सचिवालयको बैठक सम्पन्न

नेकपा (एमाले), केन्द्रीय सचिवालयको दोस्रो बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न भएको छ ।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचन र जिल्ला अधिवेशनहरूको तयारीका सम्बन्धमा छलफल हुनुका साथै महासचिव कमरेड शंकर पोखरेलले संगठनात्मक कामको रिपोर्टिङ गर्नुभएको थियो ।

केही हिमाली जिल्लाबाहेकका सबै जिल्लाहरूमा यही पुस २३ गते जिल्ला अधिवेशनहरू गर्ने गरी तयारी अघि बढेको रिपोर्टिङ बैठकमा भएको थियो । बैठकले तीनवटा विभागमा केही सदस्य मनोनयन गरेको छ ।