detail-img

हुम्लाका माओवादी नेताहरू एमालेमा प्रवेश

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्वसदस्य तथा २०६४ सालको संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित सभासद् छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लाका महत्वपूर्ण नेताहरू नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । आज बालकोटमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले उहॉहरूलाई स्वागत गर्नुभयो ।

प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत हुनुहुन्छ ।

नेकपा (एमाले) रोजेर समयमै सही निर्णय गर्नुभएकोमा नवप्रवेशी नेताहरूलाई धन्यवाद दिंदै अध्यक्ष कमरेडले भन्नुभयो, 'प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला- त्यसको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।

उक्त अवसरमा पार्टीका महासचिव कमरेड शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज कमरेड गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरुको उपस्थिति थियो ।