२ मङ्सिर (२०८२), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आज बसेको बैठकले पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन सम्बन्धमा केही महत्वपूर्ण निर्णय गरेको छ ।
पार्टीका स्थायी कमिटी सदस्य तथा विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको बैठकले विभागका सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि छनोटको समन्वय र सहजीकरणका लागि जिम्मेवारी समेत तोकेको छ ।
बैठकले यसपटक विशेष आरक्षण गरिएको चालीस वर्ष मुनिका युवा प्रतिनिधि हुनका लागि सदस्यता प्राप्त गरेको कमसेकम सातवर्ष पुगेको हुनुपर्ने र उमेरका सन्दर्भमा २०८२ मङ्सिर १३ गतेको मितिसम्ममा ४० वर्ष नकटेको हुनुपर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय यस प्रकार छन्ः
क.२०८२ मंसिर २७ –२९ मा आयोजना हुन गइरहेको पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्य सुव्यबस्थित बनाउनका लागि निम्न विषयहरूमा ध्यान दिनुपर्दछ
१. केन्द्रीय कमिटीको अपानि–१३ ले गरेको निर्देशनबमोजिम आगामी महाधिवेशनका लागि तोकिए बमोजिमका प्रतिनिधिहरूको मङ्सिर १३ गते विधिसम्मत ढङ्गले छनोट गर्ने ।
२. प्रतिनिधि छनोट केन्द्रीय संगठन विभागबाट २०८२ चैतसम्मका लागि पार्टी सदस्यता नवीकरण प्रमाणित भएका पार्टी सदस्य सङ्ख्याका आधारमा गर्नुपर्ने ।
३. अपानि–१३ ले तोकेका भूगोल÷दलित÷मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोटको प्रक्रियामा सहभागी हुनसक्ने पार्टी सदस्यहरूको सङ्ख्या मङ्सिर ७ गतेभित्र एकीन गरिसक्ने । भूगोलको निर्वाचन क्षेत्रमा पार्टी सदस्य रहेका केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यहरूले आफू कुन क्षेत्रमा सहभागी हुने हो, मङ्सिर ६ गतेभित्र सम्बन्धित जिल्लालाई लिखित जानकारी गराउनुपर्नेछ । त्यसको बोधार्थ संगठन विभागलाई दिनुपर्ने ।
४. प्रतिनिधि छनोटको व्यवस्थापकीय कामको गृहकार्य अपानिले निर्देश गरेका कमिटीका ईञ्चार्ज र पदाधिकारीहरूले बेलैमा गर्नुपर्नेछ । कुनै पनि हालतमा प्रतिनिधि छनोटको काम मङ्ंसिर १३ गते सम्पन्न भएकै हुनुपर्नेछ । यथासम्भव सहमतिका आधारमा चयन गर्ने, सहमति नभएमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट गर्ने ।
५.प्रतिनिधि हुन चाहिने न्यूनतम् आवश्यक योग्यताका सम्बन्धमा पार्टी विधानको धारा ६३(१) मा उल्लेख भएबमोजिम गर्ने । यसपटक विशेष आरक्षण गरिएको चालीस वर्ष मुनिका युवा प्रतिनिधि हुनका लागि सदस्यता प्राप्त गरेको कमसेकम ७ वर्ष पुगेको हुनुपर्ने । उमेरका सन्दर्भमा २०८२ मङ्सिर १३ गतेको मितिसम्ममा ४० वर्ष नकटेको हुनुपर्नेछ ।
६.प्रतिनिधि छनोटसम्बन्धी सूचना मङ्सिर १० गतेभित्र भरपर्दो माध्यमबाट सबै सम्बन्धित पार्टी सदस्यहरूलाई पुगिसकेको हुनुपर्ने । कुनै सदस्यले समयमा जानकारी नपाएमा सम्बन्धित कमिटीको नेतृत्व जवाफदेही हुनुपर्नेछ ।
७. चयन भएका प्रतिनिधिहरूको फोटोसहितको विवरण सम्बन्धित कमिटी प्रमुखले मङ्सिर १५ गतेभित्र आधिकारिकरूपमा पठाउनुपर्ने ।
८.प्रतिनिधिको समग्र विवरण– (नाम÷निर्वाचन क्षेत्र÷सदस्यता नम्बर÷फोन÷फोटो) पठाउनुपर्ने ।
११. तोकिएको विवरणसहित अनिवार्यरूपमा अनलाइनमा व्यवस्थित गरी केन्द्रीय संगठन विभागमा पठाउने ।
ख.विभागका सदस्यहरूको जिम्मेवारी
१.तोकिएको कार्यक्षेत्रभित्र प्रतिनिधि छनोटको समग्र प्रक्रियामा समन्वय र सहजीकरण गर्ने ।
२.अपानि–१३ र संगठन विभागका निर्णयहरूको कार्यान्वयनमा ताकेता गर्ने । स्वच्छ तथा कमरेडली वातावरणमा विधिसम्मत ढङ्गले छनोट कार्य सम्पन्न गराउन नजिकबाट सहयोग गर्ने ।
३. प्रतिनिधि छनोटका विषयमा आउनसक्ने अस्पष्टताहरूलाई स्पष्ट पार्ने ।
४.छनोट प्रक्रियामा कुनै समस्या आएमा समाधानका लागि अग्रसरता लिने ।
५.तोकिएको समयभित्र विवरणसहितको प्रतिनिधिहरूको नाम केन्द्रीय संगठन विभागमा पठाउन सम्बन्धित जिम्मेवार कमरेडहरूलाई ताकेता गर्ने ।
ग.संगठन विभागका सदस्यहरूका लागि तोकिएको जिम्मेवारीको क्षेत्र
१. भानुभक्त ढकाल– जनसंगठन र सम्पर्क समन्वय कमिटीअन्र्तगतका निर्वाचन क्षेत्रहरू
२. शेरधन राई– भोजपुर, तेह्रथुम, धनकुटा, पा“चथर, इलाम, ताप्लेजु¨, संखुवासभा, सुनसरी, मोरङ र झापा
३. विशाल भट्टराई– खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढु¨ा
४. सुमनराज प्याकुरेल– सिराहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही
५. ज्वाला साहा– रौतहट, बारा र पर्सा
६. आनन्द पोख्रेल– काठमाडौ“, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन
७. गणेश पहाडी– सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर
८. सुजिता शाक्य– उपत्यका विशेष प्रदेशअन्र्तगतका जिल्लाहरू
९. सम्झना देवकोटा– गोरखा, लमजुङ, तनहु“, मनाङ र नवलपुर
१०. गोविन्द नेपाली– बाग्लुङ, मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा र म्याग्दी
११. लीला गिरी– रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखा“ची, नवलपरासी (पश्चिम), गुल्मी
१२. जीवन गौतम– दा¨, बा“के, बर्दिया, प्युठान, रुकुम र रोल्पा
१३. लक्ष्मी पोख्रेल– कर्णाली प्रदेशका सबै जिल्ला
१४. लालबहादुर थापा– दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, अछाम
१५. लीला भण्डारी– कैलाली र कञ्चनपुर
१६. माधव ढुंगेल– केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय विभागहरू ।
१७. काशीनाथ अधिकारी– अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवास