detail-img

‘लक्ष्य र गन्तव्यमा द्विविधा रहेकासँग बाम–एकता गरेर एमाले बलियो हुन सक्दैन’ 

बुटवल । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ल्याएर बामएकता गर्ने सम्भावना नरहेको बताउनुभएको छ । 
प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरूलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाई छ ।
एमाले रूपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेका पार्टी भएको बताउनुभयो । 
‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ, एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै हो, केही अलमलिएका साथीहरूलाई पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने छ’– उहाँले भन्नुभयो । 
महासचिव पोखरेलले गठबन्धनबाट सङ्क्रमणलाई लम्ब्याउने काम भइरहेको बताउनुभयो । लुम्बिनी प्रदेशका पूर्व  मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले आफ्नो पालामा नमुना बनेको लुम्बिनी प्रदेशमा सरकार फेरिएसँगै बेथिति मौलाएको बताउनुभयो । 
प्रदेश सरकारले फैलाएको बेथितिका कारण आमजनतामा प्रदेश संरचनामाथि नै प्रश्न उठ्न थालेको भन्दै उहाँले प्रदेशलाई ठीक ढङ्गले चलाउन नसक्दा व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी हुने अवस्था आउनु दुःखद भएको तर्क गर्नुभयो । 
दृढ सङ्कल्पका साथ चुनावमा खटिएर एमालेलाई मुलुकको नेतृत्वमा पुनः पुराउन कार्यकर्ताहरूलाई उहाँको निर्देशन थियो ।
स्थानीय तह निर्वाचनमा हिजोका दिनमा एक्लाएक्लै चुनाव लड्दा २९४ सीट जितेकोमा अहिले गठबन्धनसँग लड्दा २०६ जितेको आधारमा दृढ सङ्कल्पका साथ चुनाव लड्दा जित्न सकिन्छ भन्ने आधार प्रस्ट भएको उहाँको भनाई थियो । 
उहाँले कतिपय जित्ने ठाउँ पनि एमालेले गुमाएको उल्लेख गर्दै त्यसमा रहेका आन्तरिक कारणको गम्भीर समीक्षा गरेर अब अगाडि बढ्न ढिलाई गर्न नहुने बताउनुभयो । 
उपमहासचिव प्रदीप ज्ञवालीले एमालेविरुद्ध सबै शक्ति एक भएकोमा साना विषयमा आन्तरिक मतभेद राखेर पार्टी कमजोर बनाउने छुट कसैलाई नभएको बताउनुभयो । 
माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको बताउनुभयो । 
‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ, एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै हो, केही अलमलिएका साथीहरूलाई पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने छ,’ उहाँले भन्नुभयो ।

 


‘ 

लोकप्रिय समाचार

cpnuml

नेकपा एसका जिल्ला अध्यक्षसहित अधिकांश नेताकार्यकर्ता एमालेमा समाहित 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला कमिटीका अध्यक्ष हिरण्य भट्टराईसहित जिल्ला कमिटी र पालिका कमिटीका अधिकांश नेताकार्यकर्ता नेकपा (एमाले) मा फर्कनुभएको छ । 

cpnuml

‘विकासको जिम्मा म लिन्छु’

धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

cpnuml

सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित सात सय जना एमालेमा प्रवेश 

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले १४ महिनामा देश बर्बाद पारेको वताउनुभएको छ ।  

cpnuml

लोसपाका नेता अरगरियासहित धनुषामा चारहजार जना एमालेमा प्रवेश 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रपतिले दिएको सुझावलाई संसदभित्र छलफलै नगरी विधेयकलाई जस्ताको त्यस्तै पठाएर सरकारले राष्ट्रपतिको अपमान गरेको वताउनुभएको छ

cpnuml

‘नागरिकतालाई सौदावाजीको विषय बनाउनु हुँदैन’ 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशील नेपालीलाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नुभएको छ । 

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha