detail-img

कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी संयोजक थापा र सदस्य–सचिव पोखरेललाई 

२५ असार (२०८३) काठमाडौं । नेकपा (एमाले)को पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मकरूपमा एकताबद्ध बनाउन, एवं पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्न गठित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सम्पन्न भएको छ । 
अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको बैठकले कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा र सदस्य–सचिव एवं पार्टी महासचिव शङ्कर पोखरेललाई प्रदान गरेको छ । 
बैठकका मुख्य निर्णयहरू निम्न बमोजिम छन्ः
१. कार्यदलको बैठक सफलतापूर्वक सम्पन्न भएको छ । कार्यदलद्वारा विभिन्न १३ स्थानमा सञ्चालित सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भई प्रतिवेदनहरू प्राप्त भएका छन् । उक्त सुझाव सङ्कलन कार्यक्रमको व्यवस्थापन गर्ने कमिटीहरू र कार्यक्रममा सहभागी भई महत्त्वपूर्ण सुझाव उपलब्ध गराउनुहुने सम्पूर्ण कमरेडहरूलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
२. सुझाव सङ्कलनकै सिलसिलामा व्यस्त रहेको अवस्थामा पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य कमरेड विष्णु पौडेललाई राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गरिएको गिरफ्तारीप्रति यो बैठक घोर निन्दा र भत्र्सना गर्दछ । उहाँको यथाशीघ्र रिहाइको माग गर्दछ ।
३. कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा र सदस्य–सचिव एवं पार्टी महासचिव शङ्कर पोखरेललाई प्रदान गरिएको छ ।