काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले) ले आज निर्वाचन आयोगमा दल दर्ता गराउँदै छ ।
दल दर्ताका लागि पार्टीका शीर्ष नेताहरूसहितको टोली दिउँसो १२.३० बजे निर्वाचन आयोग जाने भएको छ ।
दल दर्ताका लागि पार्टीका उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र सचिवहरू सहितको टोली आयोग कार्यालय जाने छ ।