detail-img

अध्यक्ष ओलीसँग विश्व बैंकका उपाध्यक्षद्वारा शिष्टाचार भेट 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग  विश्व बैंकका उपाध्यक्ष मार्टिन रसेरले शिष्टाचार भेट गर्नुभएको छ । 
चारदिने नेपाल भ्रमणमा रहनुभएका रसेरले अध्यक्ष ओलीे निवास बालकोटमा आज विहान भेट गर्नुभएको हो । 
भेटमा उपाध्यक्ष रसेरले विश्व बैंक नेपालसँग दीर्घकालीन र बलियो साझेदारी गर्न चाहेको र त्यसका लागि उपयोगी र अति आवश्यक आयोजनाहरूको छनौट पनि भएको वताउनुभयो ।  
सो अवसरमा अध्यक्ष ओलीले राजनीतिक, आर्थिक, सामाजिक चुनौतीका बावजुद नेपाल विकास यात्रामा अगाडि नबढी रहन सक्दैन भन्नुभयो । 
अध्यक्ष ओलीले कुनै उद्देश्य, गन्तव्य र दृष्टिकोण नभएको वर्तमान गठबन्धन सरकारले रोकेका देशको विकास र गरिबी निवारणका कामलाई  आगामी निर्वाचनपछि एमालेले सरकार गठन गरी अगाडि बढाउने वताउनुभयो । उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याइने वताउनुभयो । 
भेटमा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल र डा.अन्जान शाक्य सहभागी हुनुहुन्थ्यो । 

 

लोकप्रिय समाचार

cpnuml

नेकपा एसका जिल्ला अध्यक्षसहित अधिकांश नेताकार्यकर्ता एमालेमा समाहित 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला कमिटीका अध्यक्ष हिरण्य भट्टराईसहित जिल्ला कमिटी र पालिका कमिटीका अधिकांश नेताकार्यकर्ता नेकपा (एमाले) मा फर्कनुभएको छ । 

cpnuml

‘विकासको जिम्मा म लिन्छु’

धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

cpnuml

सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित सात सय जना एमालेमा प्रवेश 

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले १४ महिनामा देश बर्बाद पारेको वताउनुभएको छ ।  

cpnuml

लोसपाका नेता अरगरियासहित धनुषामा चारहजार जना एमालेमा प्रवेश 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रपतिले दिएको सुझावलाई संसदभित्र छलफलै नगरी विधेयकलाई जस्ताको त्यस्तै पठाएर सरकारले राष्ट्रपतिको अपमान गरेको वताउनुभएको छ

cpnuml

‘नागरिकतालाई सौदावाजीको विषय बनाउनु हुँदैन’ 

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशील नेपालीलाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नुभएको छ । 

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha