detail-img

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २३औं स्मृति दिवस (फोटोफिचर)

काठमाडौं । दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा हाम्रो पार्टीका पूर्वअध्यक्ष कमरेड मनमोहन अधिकारीको २३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतका नेताहरुले उहाँको शालिकमा माल्यार्पण गर्नुभयो ।

नेपालका सर्वाधिक लोकप्रीय प्रधानमन्त्री मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो । २०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान शुरु भएको थियो ।