detail-img

माओवादी निकट प्राध्यापक संघका केन्द्रीय अध्यक्ष र नेकपा एस मकवानपुरका अध्यक्ष नै एमालेमा समाहित

काठमाडाै । नेकपा एमालेप्रति देशब्यापी आकर्षण बढिरहेका बेला माओबादी केन्द्र निकट बुद्धिजीबी तथा प्राध्यापकहरु पनि एमालेमा समाहित हुन थाल्नु भएको छ । नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. रमेश भट्टराई नै एमालेमा समाहित हुनु भएको हो ।

बिहीबार काठमाडाैमा आयोजित बिशेष कार्यक्रममा अध्यक्ष कमरेड केपी शर्मा ओलीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभयो । सोही कार्यक्रममा नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पनि एमालेमा फर्किनु भएको छ । उहाँसंगै उत्तम शर्मा, देबेन्द्र कोइराला, अनिल पोख्रेल लगायत पनि एमालेमा फर्किनु भएको छ । उहाँहरु सबैलाई स्वागत गर्दै अध्यक्ष ओलीले आजैदेखि पार्टी, देश र जनताका काममा सकृय हुन आग्रह गर्नु भयो । उहाँले एमालेभित्र सबैलाई उचित जिम्मेवारी र सम्मानजनक ब्यवहार हुने बताउनुभयो ।

एमालेमा समाहित हुनुभएका नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा.डा. भट्टराईले माओबादी केन्द्रबाट प्राध्यापक, बुद्धिजीबीहरुले बिद्रोह गरेर पुरानै घरमा समाहित भएको बताउनु भयो । करिब डेढदशक माओबादीमा रहँदा चरम तनाव र पीडाका दिनहरु बिताएको चर्चा गर्दै आजबाट उन्मुक्ती पाएको बताउनुभयो । एमालेमा फर्किनु भएका नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेलले आफूहरु रंगीन दृश्यहरु ठानेर फिल्म हलमा छिरे पनि त्यहाँका पात्रहरु कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा लागेको देखेर एमालेमै फर्किएको बताउनुभयो ।