detail-img

नेकपा (एस) का डोल्पा जिल्ला अध्यक्षसहित ६० भन्दा बढी नेताकार्यकर्ता एमालेमा प्रवेश 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री नन्द सिंह बुढा नेकपा (एमाले) मा फर्कनुभएको छ । उहाँसँगै जिल्ला कमिटीका ४० भन्दा बढी सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । 
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालयमा उहाँहरूलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो ।


पार्टी प्रवेश गर्नेहरूमा जिल्ला कमिटी सदस्यहरू मायादेवी बुढा, हर्कबहादुर रोकाय, दलबहादुर थापा, देवी रोकाय, जयकृष्ण बुढा, ओमबहादुर विटालु, सुका विक, ओमेन्द्र केसी, कल्पना बुढा, अन्जु महतारा शाही, रूपा गुरूङ, कृष्णदत्त न्यौपाने, धनराम बुढाथोकी, चैता भण्डारी, कमल बहादुर रोकाय, गोविन्द बुढा, शशी बोहोरा बागबहादुर बुढा, केशर रोकाय, दलबहादुर रोकाय, पञ्च रोकाय, भीमबहादुर धरला, आनन्दसिंह रावल, प्रचण्डविक्रम शाही, गोपालबहादुर शाही, तिलकजंग शाही, काले सार्की, हरिशरण खत्री, मनरूपा दर्जी, कैलाशी थापा, रणवीर दमाईं, काले महत, वीरलाल कार्की, कमल बुढा, लक्ष्मी कार्की, बौद्धसिंह कठायत, चन्द्रराम बोहरा, लक्ष्मी गुरूङ, हिराचन्द्र धरला, बालचन्द्र कामी र मानदत्त न्यौपाने हुनुहुन्छ । 
त्यसैगरी, प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, काली बुढा, अमराम बुढा, देवीबहादुर बुढाथोकी, राष्ट्रिय परिषद् सदस्य देवीलाल रोकाय र बलबहादुर रोकाय पनि एमालेमा प्रवेश गर्नुभएको छ ।  
त्यस्तै पालिका कमिटीका सदस्य ज्ञानेन्द्र विक्रम शाही, मेनुका भण्डारी, रामप्रसाद बुढा, युवा संघका जिल्ला अध्यक्ष हिक्मत बुढा, उपाध्यक्ष दिनेश बुढा, नगर कमिटी अध्यक्ष हरिचन्द्र डाँगी, युवा संघका प्रदेश सदस्य नेत्र बुढा, नरेन्द्र भण्डारी, कर्णसिंह बुढा, आनन्दबहादुर रोकाय, कमल बुढा, सिर्जना बुढा र दीपलाल रोकाय पनि एमालेमा प्रवेश गर्नुभयो । 
उहाँहरू सबैलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले गत स्थानीय निर्वाचनले नेपालको मुख्य पार्टी कुन हो भन्ने कुराको निक्र्यौल गरिदिएकाले कोही पनि अन्य पार्टीमा अल्मलिनु नपर्ने वताउनुभयो । महासचिव पोखरेलले बामपन्थी आन्दोलनको मुख्य शक्ति पनि एमाले नै भएकाले बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि सबै कम्युनिष्ट कार्यकर्ता एमालेमा समाहित हुनुपर्छ भन्नुभयो ।
नेकपा (एमाले) मुलुकको सबैभन्दा ठूलो पार्टी भएर पनि हाम्रो पार्टीलाई षडयन्त्रपूर्वक सरकारबाट बाहिर राख्ने काम भएको र यो षडयन्त्रलाई आगामी निर्वाचनबाट पराजित गरी एमाले सरकार गठन गर्ने गरी विजय प्राप्त गर्नुपर्ने उहाँको भनाई थियो । 
महासचिव पोखरेलले भन्नुभयो–‘एमाले विरूद्धको घेराबन्दी देशभक्तिमाथिको घेराबन्दी हो, स्वाधीनता, स्वाभिमान माथिको घेराबन्दी हो ।’
उहाँले डोल्पामा प्रतिनिधि सभा सदस्य र दुईवटै प्रदेश सदस्य निर्वाचनमा विजय प्राप्त गरी लालकिल्ला बनाउन शुभकामना व्यक्त गर्नुभयो । 
नेकपा एसबाट पुरानै घर एमालेमा फर्कनुभएका नेता नन्दसिंह बुढाले आफू विगतमा एमालेको संगठन निर्माणमा दिनरात खटेको र षडयन्त्रपूर्वक गराइएको पार्टी विभाजनका क्रममा भएको कमजोरीलाई स्वीकार गर्दै एमालेमा समाहित भएको वताउनुभयो । उहाँले गठबन्धनभित्रको फोहोरी खेल सहन नसकेर पनि पुनः एमालेमै फर्किएको स्पष्ट गर्नुभयो । 
पार्टी प्रवेशको संयोजन पार्टीका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज बदमी बोहोरा र एमाले जिल्ला अध्यक्ष शेरबहादुर बुढाले गर्नुभएको थियो ।  

लोकप्रिय समाचार

cpnuml

नेतृ चौधरी सुनसरी–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) उम्मेदवार भगवती चौधरी निर्वाचित हुनुभएको छ । 

cpnuml

सचिव महासेठ धनुषा– ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

बुथ कब्जा भएका ठाउँमा पुनः मतदान गराउन आयोगलाई ध्यानाकर्षण 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बुथ कब्जा भएका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । 

cpnuml

इलाम–१ बाट बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार महेश वस्नेत एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

उपाध्यक्ष नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha