detail-img

नेकपा एसका केन्द्रीय सदस्य विश्वकर्मालाई एमालेमा स्वागत 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । उहाँ मधेश प्रदेश सभामा नेकपा एसको सचेतक हुनुहुन्थ्यो । 
अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो । विश्वकर्मा पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट पुग्नुभएको थियो । 
उहाँसँगै नेकपा एसका केन्द्रीय निर्वाचन आयोगका सदस्य तथा मधेश प्रदेश सभा सदस्य सीता गुरूङ, केन्द्रीय परिषद् सदस्यहरू कौशलकिशोर सिंह, महेश विश्वकर्मा, प्रदेश कमिटी सदस्य दशरथ राम, विधा थापा, मिन रहपाल, जिल्ला कमिटी सदस्य मन्जु खनाल, मन्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनी, कलामुदिन अन्सारी, इलियास अन्सारी, नूरहसन हवारी, कवसर अन्सारी, अहमद अन्सारी र अलिजान अन्सारी पनि एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा पार्टीका सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, पोलिटव्यूरो सदस्यहरू पुरूषोत्तम पौडेल र अच्युत मैनाली उपस्थित हुनुहुन्थ्यो । 

 

 

लोकप्रिय समाचार

cpnuml

नेतृ चौधरी सुनसरी–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) उम्मेदवार भगवती चौधरी निर्वाचित हुनुभएको छ । 

cpnuml

सचिव महासेठ धनुषा– ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

बुथ कब्जा भएका ठाउँमा पुनः मतदान गराउन आयोगलाई ध्यानाकर्षण 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बुथ कब्जा भएका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । 

cpnuml

इलाम–१ बाट बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार महेश वस्नेत एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

उपाध्यक्ष नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha