detail-img

‘स्थानीय सरकारको काम हेर्न पनौती आउनुस्’

पनौती । अरु नगरपालिकाको मेयरको कार्यकक्षमा सेवाग्राहीले लाइन लागेर कुर्नु पर्छ । तर पनौतीमा पर्दैन । मेयरलाई कुनै कार्यक्रममा बोलाउन अनेकौं बिन्ती चढाउनुपर्छ तर पनौतीमा पर्दैन ।
काभ्रेपलाञ्चोक जिल्लाको सुन्दर नगर पनौतीका मेयर भीम न्यौपाने सहजभित्रका सहज अनि नरम भित्रका नरम नेता हुनुहुन्छ । हजारांै गुण भएका न्यौपानेसँग थोरै मात्रै अवगुण छन् । त्यो अवगुण भनेको सत्य बोल्नुहुन्छ अनि भष्ट्राचार गर्नुहुन्न् । भन्नुहुन्छ– मेरो अवगुणले मेरो दैनिक जीवनमा अप्ठारो पार्छ होला । सामाजिक र धार्मिक कार्यमा खामभरि पैसा दिन सक्दिन होला । तर मनमा सन्तुष्टि छ ।
भीम न्यौपाने, इमान्दारिताका पर्याय, पाँच बर्षमा सयौंं उदाहरणीय काम गरेर लोकप्रिय जननेता बन्नु भएको छ । संघीयता कार्यान्वयनमा स्थानीय तहको भुमिका कस्तो हुन्छ । स्थानीय तहले चाहेमा कसरी विकास गर्न सक्छ भन्ने उदाहरण उहाँले पाँच बर्षमा पूरा गर्नुभएको छ । सादा जीवन सामान्य पोशाक अनि सरलीकृत जीवनशैलीका धनी न्यौपाने ७५३ स्थानीय तहका एक उदाहरण हुनुहुन्छ ।
आम नागरिक भन्छन्, भनेको जति काम गर्न सकेनन् होला तर भीम न्यौपानेले नराम्रो काम कहिल्यै गरेनन् । जनताको सेवक भनेर सेवा गरिरहे । जनताको साथ पाए । पार्टीले दिएको जिम्मेवारी अक्षरस पालना गरे ।
पनौती नगरपालिका पूर्व मेयर भीम न्यौपाने जस्ले पनौतीको जनताको सधै साथ पाउनुभयो । उहाँले पाँच बर्षे नगरपालिकाको कार्यकाल सहजरुपमा बिताउनुभयो । काभ्रेको पनौती नगरपालिका १ देखि १२ वडामा विभेद कहिल्यै गर्नुभएन । पुनः जनताबाट अनुमोदित हुन मेयर पदमा उम्मेदबारी दिनु भएको छ ।
जुन नगर कृषि, पशुपालन र साँस्कृतिक सम्पदा अथक रहेको नगरको रुपमा जिल्लामा छुट्टै पहिचान रहेको छ । न्यौपानेको पाँचबर्षे कार्यकालमा धेरै कुरामा परिवर्तन भएको नगरबासीहरु सुनाउँछन् । कृषि, पशुपालन र पर्यटन क्षेत्रमा बिकाससंगै पुरानो जात्रै जात्रा हुने सहर पनौतीको विकासको लागि न्यौपानेको ठूलो योगदान रहेको देखिन्छ । कुनै पनि नगर विकासको लागि मिसन र भिजन चाहिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ न्यौपाने ।
मेयर न्यौपानेको कार्यकालमा नगरका धेरै जसो वर्षौदेखि अलपत्र परेका आयोजनाहरुले गति लिए । भूकम्पपछिको पुन ः निर्माणले आफ्नो गन्तव्य पूरा ग¥यो, शिक्षा स्वास्थ्य, कृषि, पर्या–पर्यटनको क्षेत्रमा उल्लेख्य परिवर्तन भए, प्राकृतिक सम्पदा, मठमन्दिर, पाटी पौवा, गुम्बा, ऐतिहासिक पोखरी, पुराना धारा, चोक लगायत हाम्रा सांस्कृतिक सम्पदाले संरक्षण गर्न महत्वपूर्ण भूमिका खेले ।
नगरका जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि शैक्षिक क्षेत्रमा एउटा क्रान्ति न्यौपानेको कार्यकालमा भएको देखिन्छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भयो ।
पनौतीका अधिकांश विद्यालयहरुको सुविधा सम्पन्न भौतिकपूर्वाधार सहित पुनः निर्माण कार्य सकिएको छ । अधिकांश विद्यालयहरुमा प्रविधि सहितको आइटि ल्याव स्थापनामा जोड दिइएको छ ।
निर्वाचनमा केही नपाएर न्यौपानेको पालामा केही भएन भनेर गलत प्रचार गर्ने प्रयास भइरहेका छन् । तर न्यौपानेले आफ्नो हिसाबले काम गरिरहनु भएको छ । भन्नुहुन्छ– आलोचना भएन भने मेरा गल्ती कसरी थाहा पाउँछु र ?
पाँच बर्षको कार्यकालमा बालमैत्री नगर घोषणामात्रै भएन नेपालकै पहिलो मानव अधिकार तथा न्याय मैत्री स्थानीय तह बन्यो पनौती ।
पूर्ण साक्षर नगर घोषणा भएको पनौतीलाई उहाँकै कार्यकालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरियो । खुल्ला दिशामुक्त क्षेत्र घोषणामा मात्रै उहाँ रोकिनुभएन । कृषि पकेट क्षेत्र घोषणा गरेर कृषकको आम्दानी बढाउने प्रयास थाल्नुभयोे ।
ऐतिहासिक नगर पनौती क्षेत्रलाई बिश्व सम्पदामा सूचिकृतको लागि पहल गरेका उहाँले पर्यटक भित्राउन चरा संरक्षण क्षेत्र बनाउनुभयो । घर घरमै पुगेर गरिब जनताको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुभयोे । गरिब नागरिकको निःशुल्क बिजुलीको पैसा तिर्ने काम गर्नुभयोे ।
जिल्लाकै बनेपा र धुलिखेलमा पुण्यमाता खोलाले बितण्डा मच्चाउँदा पनौतीमा कम क्षति हुन्छ । त्यो कार्यको योजना उहाँले नै करिडोर मार्फत सफल पार्नुभयोे ।
गम्भीर प्रकृतिका रोग लागेका नगरवासीलाई आर्थिक सहयोग गर्दै कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्था गर्नुभयोे । नगर अस्पतालको लागि जग्गा व्यवस्थापन गर्नुभयो,े बर्षाैदेखिको विवादमा रहेको रंगशालाको जग्गा व्यवस्थापन गरेर उदाहरणीय बन्नुभयोे । पनौती, बनेपा, पनौती कुशादेवी सडकमा पहलकदमी लिई विस्तारसहित कालोपत्रे र खोपासी सडक विस्तारमा योगदान दिनुभयो ।
सुन्थान नमोबुद्ध सडक विस्तारसहित कालोपत्रे गर्न पूर्वाधार तयारी, बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरणमा पु¥याउनुभयो । पनौतीमा दुईवटा सहिद पार्कको निर्माण सम्पन्नतर्फ उन्मुख भएका छन् । प्याराग्लाईडिङ तालिम र उडानमा सफलता हासिल भएको छ ।
पशुपंक्षीका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो (भंैसी प्रवद्र्धन, पशु बीमा, पाडापाडी जन्म दर्ता, भैँसी सुत्केरी भत्ता) दिनुभयो । जसको अनुशरण नेपालका ७० भन्दा धेरै पालिकाले अहिले गरिरहेका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी एमाले पनौती नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मानेश्वरीलाई साक्षी राखेर एमालेले आफ्नो प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गरेको हो ।
नेकपा एमालेबाट पनौती नगरपालिकाको प्रमुख पदका उम्मेदवार भीम न्यौपाने, उपप्रमुखका उम्मेदवार गीता बञ्जारा, नेकपा एमाले बागमती प्रदेश कमिटीका उपाध्यक्ष रामहरि सुवेदी, एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागार्इं, नेकपा एमाले काभ्रेका उपसचिव राजकुमार सापकोटाले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गर्नुभयोे ।
प्रतिवद्धता पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार न्यौपानेले आफ्नो पहिलो कार्यकालमा अघिल्लो निर्वाचनमा आफुहरुले अघि सारेका ८५ प्रतिशत कामहरु सम्पन्न भएको बताउनुभयो । उहाँले प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरालाई सिरोपर गर्दै आफुहरु निर्वाचित भएको खण्डमा पहिलो कार्यकालमा सुरु गरिएका ठूला आयोजनाहरुको काम सम्पन्न गरी जनता समक्ष हस्तान्तरण गर्ने बताउनुभयो । पहिलो कार्यकालमा भुकम्पको पुनर्निर्माण, कोरोना सङ्क्रमणसँग जुध्नु परेको बताउँदै उम्मेदवार न्यौपानेले सम्पदाको शहर पनौतीलाई व्यवस्थित गर्ने लगायतका काम अघि बढाउने बताउनुभयो ।

न्यौपानेले तीन महिनाभित्र विशेषज्ञ सेवासहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पनौतीमा निर्माणाधीन २५ शैयाको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित तीनमहिनाभित्र सञ्चालनमा ल्याइने वताउनुभयोे ।
सबै नगरवासीको स्वास्थ्य बीमा गरिने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो । यसअघि नगरपालिकाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो । ४० वर्ष नाघेका सबै नगरवासीको वर्षको एकपटक पूर्ण स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने नगरप्रमुखका उम्मेदवार न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष रामहरि सुवेदीले एमालेको सरकारले अघि बढाएका काम पूरा गर्नका लागि एमालेले नै जित्नुपर्ने बताउँदै कार्यक्रममा एमाले काभ्रे कमिटिका उपसचिव राजकुमार सापकोटाले एमालेले गरेका प्रतिवद्धताबाट अन्य राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्छ भन्नुभयोे ।