detail-img

बेलौरीमा उत्साहपूर्ण घरदैलो,एमाले उम्मेदवारप्रति जनलहर

काठमाडौँ । नेकपा (एमाले)ले कन्चनपुरको बेलौरीमा घरदैलो अभियान संचालन गरिरहेको छ ।
उम्मेदवारी दर्तासंगै मेयरका उम्मेदवार कमला बोहरा र उपमेयरका उम्मेदवार जोगराम चौधरीले घरदैलो अभियानलाई तीव्र बनाएका हुन् ।
विहानदेखि साँझसम्म जनताको घरदैलामा गएर मेयर र उपमेयर सहित पार्टी पंक्तिले घरदैलो कार्यक्रम शुरु गरेको हो ।
घरदैलोमा कार्यक्रम नेता तथा कार्यकर्ता सहित युवा, महिला सवै सहभागि रहेका छन् । बेलौरीमा एमाले प्रचारमा उत्साहजनक सहभागिता देखिएको छ ।
एमालेले पहिलेको मतलाई संरक्षण गर्दै अहिले मेयरमा महिला उम्मेदवार वोहरा र उपमेयरमा जोगराम थारुलाई उठाएकाले महिला, युवा, थारु, दलित, आदिवासी जनजाति सबैको मत पाएर जित्ने बताएको छ ।
कानून र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्र्तिण पढेलेखिकी महिला उम्मेदवार कमला वोहरालाई यसपटक बैलौरीबासीले मतदान गर्ने बताइएको छ ।
सानैदेखि विद्यार्थी राजनीतिकमा सक्रिय कमला वोहराको क्षमता, योग्यता र बिजयको आधारमा नै पार्टीले मेयर पदमा उम्मेदवार बनाएको हो ।
सुदुरपश्चिम प्रदेशकी उदाउँदो युवा नेतृको रुपमा रहेकी उनी मेयरमा बनेर पिछडिएको नगरलाई समृद्धको वाटोमा डो¥याउन चाहन्छिन् ।
झण्डै डेढ बर्ष कन्चनपुरको भूमि समस्या सामाधन आयोगका अध्यक्ष समेत रहेकी उनले भूमिहिन, सुकम्बासी जनताका पक्षमा समेत काम गरेकी छन् । ।
मेयरकी उम्मेदवार वोहराका निःशुल्क शिक्षा, स्वास्थ्य खानेपानी र रोजगारी प्रमुख एजेण्डा रहेको छ । अहिले तिनै एजेण्डा आफ्नो घोषणापत्रमा समेटदै उनी जनताको घरदैलोमा पुगेकी छन् ।
अनेरास्ववियुबाट विद्यार्थी राजनीतिक गरेकी उनी झण्डै १२ बर्ष अखिलमा काम गरिन् । अखिलमा हुँदा नै एक पटक केन्द्रीय सदस्य र दुई पटक सचिवालय सदस्यमा सर्वाधिक मत लिएर निर्वाचित भइन् ।
शुरुमा कन्चनपुर एमालेको जिल्लाको जिल्ला सचिवाल हुँदै तत्कालिन नेकपा (माओवादी केन्द्र)संग पार्टी एकता भएपछि वोहरालाई प्रदेश कमिटी सदस्य भइन् । प्रदेश कमिटीमा हुँदै उनी अहिले एमालेको चितवनमा भएको दशौं महाधिवशेनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी अहिले कन्चनपुरका जिल्लाको पार्टी सहइन्चार्ज पनि हुन् ।
बैशाख ३० गते आउन अव १२ दिनमात्र बाँकी रहेको बेला कमला बोहराका पक्षमा माहौल बन्दै गएको बताइएको छ । प्रस्तुतिः शरद पोखरेल