एमाले आज

आजदेखि ‘यो साता एमाले’ 

सेयर गर्नुहोस्

२२ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)ले आजदेखि ‘यो साता एमाले’ साप्ताहिक न्यज लेटर प्रकाशन सुरु गरेको छ । नेकपा (एमाले) संगठन कमिटी, यसका जनसंगठनहरुका समाचार लगायत साप्ताहिक गतिविधिको सङ्गालोका रुपमा ‘यो साता एमाले’ प्रकाशन गरिएको हो । 
‘यो साता एमाले’ किन ? 
डिजिटल माध्यमको द्रुततर विकाससँगै हरेक व्यक्तिको दिनचर्या बदलिँदै गएको छ । विकसित डिजिटल माध्यमसँगको सामीप्यता जो कोही व्यक्तिका लागि ‘जीवनशैली’मा रूपान्तरण हुँदै गएको छ । डिजिटल माध्यमले व्यक्तिहरूको हातहातमा छिटोछिटो सूचना पु¥याइरहेको छ । हातहातमा पुगेका ती सूचना, विचार, दृष्टिकोण र स्रोत केवल ‘अल्गोरिदम’का रूपमा प्रयोग भइरहेका छन् । ‘अल्गोरिदम’ले समाजमा ‘सत्यलाई विस्थापित, असत्यलाई स्थापित’ गर्ने भाष्य निर्माण गरिरहेको छ । र, समाज त्यसैको पछि कुदिरहेको छ ।
अतः पछिल्लो पटक नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको वेबसाइट अउलगm।ियचन लाई नविन संस्करणमा रूपान्तरण गरी प्रारम्भिक चरण सुरू गरेको छ । रूपान्तरित संस्करणभित्र हामीले प्रत्येक शुक्रबार ‘यो साता एमाले’ ‘न्यूज क्याप्सुल’ लिएर तपाईंहरू समक्ष उपस्थित भएका छौं । यस्तै, हामीले पार्टीका आधिकारिक युट्युव, एक्स, फेसबुक, इन्स्टाग्राम, टिकटक र लिङ्कइन माध्यम सञ्चालनमा ल्याएका छौं । समसामयिक सन्दर्भमा बहस केन्द्रित गरी पोडकाष्ट पनि सुरु गरेका छौं । 
नेकपा (एमाले)लाई नेपाली समाजमा स्थापित गराउन जनमत सिर्जनाका माध्यम हिजोका दिनमा साप्ताहिक, मासिक पत्रपत्रिका थिए । ती पत्रपत्रिकामा प्रकाशित विचार÷दृष्टिकोण पढेर पार्टीप्रति आकर्षित भएको सिङ्गै पुस्ता एमालेमा छ । हिजोको त्यो ‘प्रिन्टेड’ माध्यमको युग बदलिएर आज ‘डिजिटल’ युगमा रूपान्तरण भएको छ । पछिल्लो युगको गतिसँगै हिजोको प्रिन्टेड र आजको डिजिटलमा रमेका पुस्तालाई एउटै प्लेटफर्ममा जोड्ने हेतुले यो साता एमाले प्रकाशित गरेका छौं । एउटै प्लेटफर्ममा ‘हेर्न, पढ्न र सुन्न’ सक्ने सामग्रीमध्ये यो साता एमालेलाई तपाईंले ‘न्यूज क्याप्सुल’कै रूपमा पढ्न पाउनु हुने छ । 

  • मुख्य समाचारः साताभर मुलुकको मुख्य राजनीतिक घटनाक्रमको विश्लेषण र त्यसप्रति एमालेको आधिकारिक दृष्टिकोण पढ्न पाउनु हुने छ ।
  • गतिविधिः पार्टी कमिटी, पार्टीका केन्द्रीय निकाय र विभागहरु र जनसङ्गठन, सम्पर्क समन्वय कमिटी र प्रवासी नेपाली मञ्चका गतिविधि पढ्न पाउनु हुने छ ।

हामीसँग जोडिनुहोस्