काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देवानगञ्ज गाउँपालिका कप्तानगञ्जको हिंसात्मक घटनालाई साम्य पार्न साउन १४ गते मुलुकमा शान्ति, सुरक्षा र स्थायित्वका लागि सबै दल, नागरिक समाज, धार्मिक समुदायलाई सहकार्यका लागि आह्वान गर्नुभयो ।
अध्यक्ष ओलीले कप्तानगञ्जको हिंसात्मक घटना संवादबाट टुङ्याउन सबै प्रमुख दललाई आह्वान गर्दै एक प्रेस वक्तव्यमार्फत चार बुँदे पार्टीको धारणा व्यक्त गर्नुभयो । ‘मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक छ’, अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
‘नागरिकको जीउधनको रक्षा गर्नु र संवादको माध्यमबाट समस्याको समाधान गरी देशलाई शान्तिको बाटोमा लैजानु सरकारको प्राथमिक दायित्व हो । तर, राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शङ्कास्पद एवं भत्र्सनायोग्य छ’, अध्यक्ष ओलीले भन्नुभएको छ– ‘हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।’
कप्तानगञ्ज घटनाबारे एमाले भन्छः ‘प्रतिस्पर्धा र लोकप्रियताभन्दा माथि उठेर सहकार्य गरौं’
सेयर गर्नुहोस्
