detail-img

नेकपा एमालेकाे दशाैं राष्ट्रिय महाधिवेशन सम्पन्न

चितवन, १५ मंसिर । नेकपा एमालेकाे दशाैं राष्ट्रिय महाधिवेशन २०७८ मंसिर १०- १४ गतेसम्म चितवनमा सम्पन्न भएको छ।

नारायणी किनारमा करिब सात लाख जनसमुदायको उपस्थितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको र साैराहामा बन्दसत्र संचालन गरिएको उक्त महाधिवेशनमा २,१७५ प्रतिनिधि र १३० पर्यवेक्षक गरि जम्मा २,३०५ जनाकाे सहभागिता थियाे।

महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय अनुशासन र लेखा आयाेग समेत निर्वाचन गरेकाे छ। अध्यक्ष पदमा २२३ मत ल्याउनुभएका भीमबहादुर रावललाई पराजित गरी १,८३७ मत प्राप्त गरी दाेस्राे कार्यकालकाे लागि कमरेड केपी शर्मा ओली विजयी हुनुभएको छ। उपध्यक्ष, सचिव र खुला तथा अन्य केही क्लस्टरका केन्द्रीय सदस्यहरूकाे पनि निर्वाचन भएको थियाे।