detail-img

ललितपुरलाई सांस्कृतिक महानगर बनाउन एमाले उम्मेदवारको विजय आवश्यक छ : पूर्वमन्त्री बुद्धिराज बज्राचार्य

ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको वागडोर सम्हालेका बुद्दीराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगगरपालिका उम्मेद्दारसंग घरदैलो अभियानमा सहभागि हुनुभएको छ । ८६ वर्षे बज्रचार्य बिहानैदेखि ललितपुर महानगरपालिकाको २० नम्बर वडाका विभिन्न टोलमा मत माग्दै हिड्नुभएको थियो ।

मेयरका उम्मेद्दार हरीकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य, वडाका अध्यक्षका उम्मेद्दार इन्द्रमुनी बज्राचार्य र वडा सदस्यका उम्मेद्धार सहित आज बिहान घरदैलो अभियानमा लाग्नुभएको थियो । ५ वर्ष सम्म वडाअध्यक्ष र त्यसपछि मेयरको जिम्मेवारी सम्हाल्नुभएका बज्राचार्यले एमालेलाई सहयोग गर्न घरदैलो अभियानमा सहभागी हुनुभएको हो । पुर्वमन्त्री बज्राचार्यले ललितपुर महानगरपालिकालाई सांस्कृतिक महानगर बनाउन एमालेको विजयी आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, मैले हाम्रो भन्दापनि राम्रो उम्मेद्दार जिताउन अभियानमा सहभागि भएको हुँ । उहाँ वडा नम्बर २० का स्थायीवासी हुनुहुन्छ । उहाले पद्मावती महाविहारमा आयोजित घरदैलो अभियानमा उहाले आफ्नो साथ र समर्थन एमालेका उम्मेद्दारसंग रहेको बताउनुभयो ।

मेयरका उम्मेद्दार ब्यञ्न्जनकारले ललितपुर महानगरपालिकालाई यो स्थानमा ल्याउन पुर्वमन्त्री एवं दुई दशक लामो मेयरपद सम्हाल्नुभएका समाजसेवी बज्राचार्यको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । हाल उहाँ ललितपुर विकासको लागि समाजका अध्यक्ष हुनुहन्छ । उहाको संस्थाको सहयोगमा महानगरभित्र करिब एक दर्जन बढी बिहार र सम्पदाको पुननिर्माण सम्पन्न भैसकेको छ ।

उपमेयरका उम्मेद्दार मञ्जली शाक्यले उहाको साथ,सहयोग र हौसलाले निर्वाचनमा जित हासिल गर्न सकिने बताउनुभयो । भन्नुभयो–उहाकै कारण ललितपुर महानगरको विकास भएको हो,विश्वभरबाट परिचित पुर्वमन्त्री बज्राचार्यकै कारण ललितपुरलाई विश्वको नजरमा सम्पदाको शहर बनाउन मुख्य भुमिका रहेको छ ।

वडा अध्यक्षका उम्मेद्दार इन्द्रमुनी बज्राचार्यले पुर्वमन्त्री बज्राचार्य कारण समग्र ललितपुरका विकास सम्भव भएको तर्क राख्नुभयो । उहाँकै प्रेरणा र महानिर्देशनबाट हामीले यो निर्वाचनमा विजयी हासिल गर्नेछौ–अध्यक्ष बज्राचार्यको भनाई छ । सो अवसरका पुर्वमन्त्री बज्रचार्यले मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यलाई शुभकामना दिनुभएको थियो ।