detail-img

अध्यक्ष ओलीद्वारा सुरुङमार्गको अवलोकन 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नागढुङ्गा–सिस्नेखोला (काठमाडौं) सुरुङमार्गको  अवलोकन गर्नुभएको छ । 
अध्यक्ष ओलीले आज नागढुङ्गामा धादिङतर्फबाट खनिएको सुरुङको  अवलोकन गर्नुभई कामको प्रगतिका बारेमा जानकारी लिनु भयो । यो सुरुङमार्ग प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीले शिलान्यास गर्नुभएको थियो ।

करिव तीनकिलोमिटर  लम्बाई रहेको यो सुरुङमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । हालसम्म धादिङतर्फबाट साढे आठसय मिटर सुरुङ खनिएको वताइएको छ ।

सो अवसरमा अध्यक्ष ओलीले खत्रीपौवामा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नैपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको भनाइ राख्नुभयो ।