detail-img

‘प्रवासी नेपालीका लागि स्वदेशमै रोजगारी र लगानीको वातावरण बनाउँछौं’

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीले आर्जन गरेको सीपलाई नेपालमा सदुपयोग गर्ने वातावरण एमालेले बनाउने बताउनुभएको छ । 
काठमाडौंमा भइरहेको प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताउनुभयो । 
विदेशमा रहेका नेपालीले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूल वातावरण र नीति एमालेले बनाइरहेको उहाँले बताउनुभयो । एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ थियो । 
वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशन आयोजना गर्ने अवस्थासम्म ल्याउनका लागि निकै सङ्घर्ष गर्नुपरेको स्मरण पनि गर्नुभयो । संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उहाँले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राख्नुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह पनि गर्नुभयो ।