detail-img

विभिन्न दलका १५२ नेताकार्यकर्ता एमालेमा प्रवेश

पोखरा । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का १५२ जता नेताकार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । 
नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीले सोमबार आयोजना गरेको वृहत कार्यकर्ता भेलामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला शिक्षा अधिकारी शंकर गौतम र नेकपा (माओवादी केन्द्र) रूपागाउँपालिका अध्यक्ष तथा लेखक नवराज बराल, नेपाली काँग्रेस केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य तथा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर थापा, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि  मीना कुमाल, राम गुरुङ, अमृत श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपसचिव मदन गिरी, योङ कम्युनिस्ट लिग (वाइसिल) कास्कीका जिल्ला सदस्य कृष्ण दाहाल एमालेमा प्रवेश गर्नुभएको छ । 
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुले सबैलाई पार्टीमा स्वागत गर्नुभयोे । नेपाली काँग्रेसका नेता तथा पूर्व कर्मचारी गोपाल गोदार, शिवबहादुर गोदार, सन्तोष पाण्डे, अर्जुन पाण्डे, बुद्धिसागर बस्यौला, चन्द्रबहादुर भुजेल, मनबहादुर विक, रतन गुरुङ, कलाकार रक्की गुरुङ, सुस्मिता श्रेष्ठ, मनबहादुर विक, अमृत न्यौपाने, सुशीला श्रेष्ठ पनि एमाले प्रवेश गर्नु भएको छ ।  
त्यस्तै, पोखरा महानगरपालिका–१ सिम्पानीका मिलनशम्शेर राणा, रुवेण थापामगर, सन्तोष तामाङ, राकेशविक्रम राणा, पूर्ण तामाङ, सागर रानाभाट, बिक्कल तामाङ, सविन तामाङ, गणेश परियार, सञ्जय थापा, प्रविण पुन, मनिष तामाङ, ओशिष रानामगर, अनुप पौडेल, सौरव तामाङ, नरहरि पौडेल, श्याम पराजुली एमालेमा प्रवेश गरेको पार्टी जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका कार्यकर्ताहरु एकबहादुर थापा, भरतबहादुर थापा, टेकप्रसाद तिमिल्सिना, तुलबहादुर भुजेल, मिनबहादुर विक, राजकुमारी भुजेल, चुडामणि विक, सन्तोष विक, अर्जुन विक, राजु विक, रामबहादुर विक, प्रकाश विक, रवीन्द्र विक, भोजराज गौतम, मनोज गौतम, कविराज गौतम, विमला तिमिल्सिना, सुशिल गौतम, सोभित तिमिल्सिना पनि एमालेमा प्रवेश गर्नुभएको छ ।  
त्यस्तै एमाले प्रवेश गर्नेहरुमा अजिल नेपाली रामबहादुर विक, ओमबहादुर विक, सूर्यबहादुर विक, महेन्द्र विक, रामचन्द्र विक, तिलक तिमिल्सिना, देवका तिमिल्सिना, कुलप्रसाद गौतम, रामप्रसाद तिमिल्सिना, कमल देवकोटा, नवराज गौतम, सन्देश गौतम, ललिता गौतम, दिपक गौतम,लालबहादुर थापा, सिर्जना गौतम हुनुहुन्छ ।