detail-img

उत्पीडित समुदायलाई समान अधिकार र अवसरः ओली 

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट होइन, ज्ञान र सीपबाट मात्र हुने बताउनुभएको छ । 
झापाको दमकमा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा राख्नुभएको हो । 
अध्यक्ष ओलीले भन्नुभयो– ‘आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न सक्दैन । त्यसले अन्य ज्ञान सीप र क्षमतालाई निस्क्रीय बनाएर लान्छ । आरक्षणले एउटा निश्चित व्यक्ति समुदायभित्रका केही व्यक्तिलाई मात्र अवसर दिन्छ । आम आरक्षणमा पर्नुपर्ने मानिस यसबाट बन्चित भएको नेपालमा धेरै उदाहरण छन् ।’


‘लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई  केही समयका लागि व्यवस्था गरिएको आरक्षण अब लामो समय जान नहुनेमा जोड दिनुभयो । उहाँले मानव सभ्यताको सुरुमा कुनै जात ठूलो सानो भन्ने नै थिएन । जङ्गली अवस्थामा मानिस जनावरसँग लडेर आफ्नो अस्तित्व बचाउने ध्यानमा हुन्थ । पछि विकास क्रममा एक समुदायले अर्को समुदाय बीचमा लडार्इं हुँदा जित्ने समुदायले हार्ने समुदायलाई नोकर/ दास बनाएर राख्न थाले । यही क्रम बिकास हुदै जादा पछि उनीहरुलाई विभेद गरेर जातकै आधारमा अन्याय हुने क्रम बढ्दै गयो । आरक्षण होइन यस्तो समुदायलाई समान हक अधिकार र अवसर दिनुपर्छ ।’
‘यसैका अन्तिम रुपमा नेपाली समाजमा पनि दलित समुदाय भनेर छुवाछुत हुदै आएको हो । त्यसैले अब पहिला मानिसले दलित भन्ने मानसिकता त्यागेर मानिस सबै ज्ञान सीपको आधारमा मात्र परिचय हुनुपर्छ’ अध्यक्ष ओलीले भन्नुभयो । 
नेपालमा संबिधान कानुनमा बिभेद हटेको बषौं भएपनि मानिसको चेतना र व्यवहारमा बाँकी रहेको छ । शिक्षाले विभेदलाई हटाउन सकिने उहाँको तर्क छ । हाम्रो देशमा भएको जातीय विभेद विरुद्ध संगठित रुपमा नेकपा (एमाले) ले आवाज उठाउँदै आएकाले अब राज्य तहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने अध्यक्ष ओलीले बताउनुभयो । 
 कार्यक्रममा नेपाली काँग्रेसकी स्थानीय नेता तथा बिभिन्न संघसस्थामा आवद्ध मीना कोइरालाई नेकपा (एमाले) मा प्रवेश गर्नुभयो ।