detail-img

महासचिव पोखरेलको समर्थनमा खड्काद्वारा उम्मेदवारी निष्क्रिय

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको उम्मेदवारीलाई समर्थन गर्दै दाङ निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि मौलिक जरोकिलो पार्टीका उम्मेदवार रामचन्द्र खड्काले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ । 
त्यसैगरी दाङ निर्वाचन क्षेत्र नं.३ का नेपाली राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णवीर नेपालीले एमाले उम्मेदवार कोमल वलीलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ । 
उहाँहरु दुबै जनाले विहीबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी आ– आफ्ना उम्मेदवारी स्थगन गरी नेकपा (एमाले) मा समाहित हुनु भएको छ ।
दुवै जनालाई एमाले महासचिव पोख्रेलले पार्टीमा स्वागत गर्नुका साथै देशको विकास र समृद्धिको गन्तव्य बनाई अगाडि बढिरहेको एमालेमा समाहित हुनुभएकोमा बधाई दिनुभयो । 
उहाँहरुले विज्ञप्तिमा देश र जनताका पक्षमा एमालेले मात्रै भूमिका खेल्न सक्ने भन्दै सबैलाई प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा एमालेका उम्मेदवारलाई मतदान गर्न अपील समेत गर्नुभएको छ ।