detail-img

अध्यक्ष ओलीले धरानमा सम्बोधन गर्नुहुने 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरी निर्वाचन क्षेत्र नं. १ को धरानमा कार्यकर्ता भेलालाई सम्वोधन गर्नुहुने भएको छ । 
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसारका क्रममा कात्तिक २२ गतेदेखि झापा निर्वाचन क्षेत्र नं. २, ४ र ५ का विभिन्न चुनावी सभा, भेलालाई सम्बोधन र मतदातासँग भेटघाटमा व्यस्त रहनुभएका अध्यक्ष ओलीले विहान सुनसरीको धरानमा कार्यकर्ता भेलालाई सम्वोधन गर्ने कार्यक्रम छ । सुनसरीको कार्यक्रमपछि अध्यक्ष ओली काठमाडौं फर्कनुहुने छ ।