detail-img

देश समृद्ध बनाउन सुदृढ सरकारः अध्यक्ष ओली 

सिन्धुली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउन सुदृढ सरकार आवश्यक रहेको बताउनुभएको छ ।
सिन्धुलीको दुधौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प साकार पार्न सूर्य चिह्नमा मतदान गर्न आग्रह  गर्नुभयो । 
उहाँले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको र त्यो तानातान गर्ने समूह देशका लागि नचाहिएको भन्दै निर्वाचनपछि सुदृढ राष्ट्रिय शक्तिको देशको आवश्यकता एमालेले पूरा गर्ने  बताउनुभयो । 
अध्यक्ष ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने वताउँदै त्यसका लागि सिन्धुलीबाट एमालेका सबै उम्मेदवारलाई विजयी बनाई पठाउन आग्रह गर्नुभयो ।


एमालेले घोषणापत्रमार्फत ल्याएका २० ग्यारेन्टीको कार्यान्वयन का लागि पनि एमालेका उम्मेदवारलाई विजयी बनाउन उहाँले सिन्धुलीवासीलाई आग्रह गर्नुभयो ।  
बालबालिका, बृद्धबृद्धा सबैका लागि एमाले नै चाहिएको अध्यक्ष ओलीले बताउनुभयो । महिला तथा किशोरीलाई स्यानेटरी प्याडका लागि बार्षिक एकहजार पाँच सय रुपियाँ दिने व्यवस्था एमालेले घोषणापत्रमार्फत ल्याएको जानकारी गराउँदै यो व्यवस्था कसैले पनि हटाउन नसक्ने वताउनुभयो । 
उहाँले सुनकोशी मरिण डाइभर्सन, मदनभण्डारी राजमार्ग देशको आर्थिक समृद्धिका आधार भएको बताउनुभयो ।