detail-img

ललितपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार महर्जन विजयी 

काठमाडौं । ललितपुरको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ ।   
महर्जनले १५ हजार ०२५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत ल्याउनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ हजार २६४ मत पाउनुभएको छ ।