detail-img

नेता श्रेष्ठ काठमाडौं–९ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित 

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ९ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । 
एमालेका स्थायी कमिटी सदस्य श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम   प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गर्नुभयो । 
एमाले नेता श्रेष्ठले आफ्नो जित एमाले र सम्पूर्ण राष्ट्रवादी जनताको जित भएको बताउनु्भएको छ । उहाँले सबै मतदातालाई धन्यवाद दिँदै  भन्नुभयो– मलाई अझै उत्साह थपिएको छ, अब जनताको घर घरमा गएर थप काम गर्नेछु । जनताको योजना अनुसार विकास निर्माणको गतिलाई तीब्र रुपमा अगाडि बढाउने प्रयत्न गर्ने छु ।


निर्वाचित भए लगत्तै नेता श्रेष्ठ विजय र्यालीका साथ  बल्खुस्थित पुरानो पार्टी कार्यालय पुगी त्यहाँ रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्नुभयो । 
नेता श्रेष्ठको  काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट यो दोस्रो जित हो भने काठमाडौंबाट  २०४८, २०५१, २०७४ र यसपटक गरी चारपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।