detail-img

सचिव विष्ट प्रतिनिधि सभा सदस्य निर्वाचित 

तम्घास । नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार उहाँले २८ हजार ४७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । 
उहाँले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई पराजित गर्नुभएको  छ । 
एमाले सचिव विष्टको यो चौथो जित हो । उहाँ २०५६ सालदेखि यसै  क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ ।  
निर्वाचनमा विजय प्राप्त भएपछि उहाँले सबै मतदातालाई धन्यवाद दिँदै सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा देश र जनताप्रति इमान्दारीपूर्वक कर्तव्य निर्वाह गर्ने बताउनुभयो । उहाँले जिल्लाको विकास र समृद्धिका लागि विगतको तुलनामा अझ प्रभावकारी ढङ्गले काम गर्ने वताउनुभयो । 

 

 

लोकप्रिय समाचार

cpnuml

नेतृ चौधरी सुनसरी–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) उम्मेदवार भगवती चौधरी निर्वाचित हुनुभएको छ । 

cpnuml

सचिव महासेठ धनुषा– ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित

काठमाडौं । नेकपा (एमाले) का सचिव रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

बुथ कब्जा भएका ठाउँमा पुनः मतदान गराउन आयोगलाई ध्यानाकर्षण 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बुथ कब्जा भएका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । 

cpnuml

इलाम–१ बाट बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । इलाम निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार महेश वस्नेत एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

cpnuml

उपाध्यक्ष नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित 

इलाम । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

नेकपा (एमाले) को मोबाइल एप डाउनलोड गर्नुहोस् ।

cpnuml
सम्पर्क

कुनै प्रश्न वा सुझाव भएमा यहाँबाट पठाउनुहोस् ।

https://github.com/igoshev/laravel-captcha