detail-img

सचिव भट्टराई प्रतिनिधि सभा सदस्य निर्वाचित

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराई ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 
सचिव भट्टराईले २१ हजार ९४३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले २१ हजार ७३८ मत प्राप्त गर्नुभएको छ । 
सचिव भट्टराई २०७४ सालको निर्वाचनमा पनि ताप्लेजुङबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।