detail-img

अध्यक्ष ओली भारी मतान्तरका साथ  प्रतिनिधि सभा सदस्य निर्वाचित

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।  यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उहाँ झापा निर्वाचन क्षेत्र नं.५ बाट उम्मेदवार हुनुहुन्थ्यो ।
अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई  भारी मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । 
गठबन्धनका उम्मेदवार अधिकारीले २३ हजार ७४३ मत प्राप्त गर्नुभएको छ । 
यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता रहेका थिए भने  ९८ हजार ६३१ मत खसेको थियो । 
अध्यक्ष ओली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्न र मतदातालाई धन्यवाद दिन भोलि झापा जाँदै हुनुहुन्छ ।