detail-img

सचिव रायमाझी प्रतिनिधि सभा सदस्य निर्वाचित

अर्घाखाँची । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेता रायमाझीले गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसकी पुष्पा भुसाललाई पराजित गर्नुभएको छ । सचिव रायमाझीले ४२ हजार ६७२ मत ल्याउँदा भुसालले ४० हजार ९४५ मत प्राप्त गर्नुभएको छ । 
नेता रायमाझी २०६४ र २०७० को संविधान सभा तथा प्रतिनिधि सभामा २०७४ र यो चौथोपल्ट विजयी हुनुभएको हो ।