detail-img

उपमहासचिव गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 

लमजुङ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा  निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १८८ मतले पराजित गर्दै उपमहासचिव गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले ३४ हजार ९६९ मत पाउनुभएको छ भने निकटतम  प्रतिद्वन्द्वी देव गुरुङले ३१ हजार ७८१ मत पाउनुभएको छ । 
२०७४ को निर्वाचनमा एमालेको समर्थनमा लमजुङबाट माओवादी केन्द्रका देव गुरुङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो भने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रदेश सभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएको थियो ।