detail-img

स्थायी कमिटी सदस्य घिमिरे  प्रतिनिधि सभा सदस्य निर्वाचित

झापा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य देवराज घिमिरे झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ । 
उहाँले २८ हजार ६९७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गर्नुभयो । त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले १३ हजार ९२४ मत प्राप्त गर्नुभएको छ । 

झापा–४ बाट साँवा विजयी 

झापा । झापा निर्वाचन क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लालप्रसाद (एलपी) साँवा विजयी हुनुभएको छ । उहाँले २९ हजार ३१५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । 
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउमान थेबेले २२ हजार ४४८ मत प्राप्त गर्नुभयो । साँवाले विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट विजयी बन्नुभएको थियो ।

सोेलुखुम्बुबाट प्रतिनिधि सभा 
सदस्यमा राई निर्वाचित

काठमाडौं । सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार मानवीर राई विजयी हुनुभएको छ ।
उहाँले १९ हजार ३२४ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बलबहादुर केसीले १६ हजार ५४५ मत प्राप्त गर्नुभयो ।