detail-img

नवनिर्वाचित सांसदलाई अनुशिक्षण 

काठमाडौं । अखिल नेपाल महिला संघले प्रतिनिधि सभा र प्रदेश सभामा नवनिर्वाचित सदस्यहरूका लागि अनुशिक्षण कार्यक्रम आयोजना गर्यो । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा आज आयोजित कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रियाका बारेमा जानकारी गराउनुका साथै सम्मान र बधाई ज्ञापन गरियो । 
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा अनेमसंघका इन्चार्ज सीता पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा पूर्व उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले संसदीय प्रक्रिया र मर्यादाका विषयमा र पोलिटव्यूरो सदस्य तथा अनेमसंघका सचिव सुजिता शाक्यले संसदका विषयगत समिति र समितिका कामका बारेमा प्रस्तुति गर्नुभएको थियो ।


पार्टीका स्थायी कमिटी सदस्य तथा अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अनेमसंघका कोषाध्यक्ष शान्ति अधिकारीले अनेमसंघ र अनेमसंघको दायित्वका बारेमा बोल्नुभएको थियो ।  कार्यक्रममा नवनिर्वाचित सांसदहरूका साथै अनेमसंघका केन्द्रीय सदस्यहरू, प्रदेश प्रमुख र विभागीय सदस्यहरूको सहभागिता रहेको थियो ।