detail-img

कँडेल कर्णाली प्रदेशसभामा संसदीय दलको नेता चयन 

काठमाडौं ।  कर्णाली प्रदेश सभामा  नेकपा (एमाले) संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य यामलाल कँडेल सर्वसम्मत चयन हुनुभएको छ । 
नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य विनोद शाहको अध्यक्षतामा बुधबार बसेको संसदीय दलको बैठकले कँडेललाई संसदीय दलको नेता चयन गरेको हो । प्रदेश सभा सदस्य विनोद शाहको प्रस्ताव र टेकराज पछाईंको समर्थनमा कँडेल संसदीय दलको नेता चयन हुनुभएको हो । उहाँ सुर्खेत निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।