detail-img

अध्यक्ष ओली उच्चस्तरीय संयन्त्रको संयोजक 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सत्ता साझेदार दलहरूको उच्चस्तरीय संयन्त्रको संयोजक बन्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा २०७९ पुस १४ गते विहीबार बसेको सत्ता साझेदार दलहरूको बैठकले सरकारको कामलाई प्रभावकारी बनाउन तथा दलहरूबीच समन्वय र सहकार्यका लागि अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र निर्माण गरेको हो ।

 

प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेकपा (एमाले) को अग्रसरता र पहलकदमीमा विभिन्न सात दल र तीन स्वतन्त्र सांसदहरूको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्रीत्वमा वर्तमान सरकार गठन भएको हो । उच्चस्तरीय संयन्त्रमा सत्ता साझेदार सबै दलका प्रमुख/ प्रतिनिधि रहनुहुने छ ।