दाङ । लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलको नेतामा लिला गिरी चयन हुनुभएको छ ।
महासचिव शंकर पोखरेल र सचिव छविलाल विश्वकर्माको उपस्थितिमा आज दाङको देउखुरीमा बसेको संसदीय दलको बैठकले पार्टीका पोलिटब्यूरो सदस्य गिरीलाई दलको नेता चयन गरेको हो ।
उहाँ रूपन्देही २(१) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी दलको उपनेतामा पार्टीका केन्द्रीय सदस्य चेतनारायण आचार्य चयन हुनुभएको छ । उहाँ अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट दोस्रोपटक निर्वाचित हुनुभएको थियो ।
महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहनुभएको समयमा दुबै जना मन्त्री हुनुहुन्थ्यो ।