एमाले आज

इन्स्पायर कनेक्ट श्रृङ्खला–२ः कानुन निर्माणमा युवा अधिवक्ता– सांसद सम्बन्धबारे छलफल 

सेयर गर्नुहोस्

१७ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (इन्स्पायर)ले आयोजना गरेको इन्स्पायर कनेक्ट्स श्रृंखला–२ मा युवा अधिवक्ताहरूसँग संविधान, कानुन निर्माण र विधेयकका विषयमा छलफल भएको छ । 
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले युवाहरूलाई सांसदहरूसँग जोड्ने कामको महत्त्वलाई जोड दिनुभयो । कार्यक्रममा पूर्व महान्यायाधीवक्ता तथा नेकपा (एमाले) कानुन विभागका प्रमुख रमेश बडालले कानुन निर्माणको प्रक्रिया, यसक्रममा देखिने समस्या र समाधानका विभिन्न उपायबारे विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो ।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले विज्ञहरू सांसदसँग जोडिनुको महत्त्व स्वीकार गर्दै यसलाई  ‘स्पुन फिडिङ’ का रूपमा नबुझ्न आग्रह दिनुभयो । 
विज्ञले तयार पारेको सामग्री सांसदहरूले जस्ताको तस्तै पढ्ने होइन, बरु आफैँले बुझेर, विश्लेषण गरेर अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । 
कार्यक्रममा नेकपा (एमाले) की सचिव तथा संसदीय दलकी उपनेता पद्मा अर्याल, प्रमुख सचेतक ऐन महर र राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले पनि युवा अधिवक्ताहरूसँग जोडिने र निरन्तर संवाद गर्ने कामको महत्त्वलाई स्वीकार गर्नुभयो ।

हामीसँग जोडिनुहोस्