एमाले आज

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त 

सेयर गर्नुहोस्

३१ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)ले अविरल बर्षाका कारण बाढीपहिरोबाट भएको जनधनको ठुलो क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितहरुको उद्धार र राहतको कार्यलाई तीब्र र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।  
पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आज प्रेस विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको खोजी, पीडितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारको उचित व्यवस्था गर्न पार्टीको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । 
पहिरोका कारण धेरै सडकहरु अवरुद्ध भएका र नागरिकको आवागमनमा कठिनाइ भएको उल्लेख गर्दै विज्ञप्तिमा सडक सञ्चालनको कामलाई तीब्र बनाउन ध्यानाकर्षण गरिएको छ । 
नेकपा (एमाले)ले रोल्पा, जाजरकोट, बझाङ, कास्की लगायत विभिन्न जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । 

हामीसँग जोडिनुहोस्