२ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)ले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य किरण थापालाई अघि सार्ने भएको छ ।
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले संसदीय दलको नेतामा जगन्नाथ (जेएन) थपलियालाई कायमै राखी थापालाई प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो ।
संसदीय दलका नेता थपलियाको अध्यक्षतामा बैठक बसेको र उहाँकै प्रस्तावमा थापालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय भएको हो ।
संसदीय दलका नेता थपलियाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव यसअघि फिर्ता गरिएको थियो ।
बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट भदौ ४ गते विहीबारसम्मको समयसीमा तोकेर दावी पेश गर्न आह्वान भएको छ ।
बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य किरण थापालाई अघि सार्ने निर्णय
सेयर गर्नुहोस्
