एमाले आज

अध्यक्ष ओलीद्वारा नुवाकोटमा विनाशकारी बाढी प्रभावित क्षेत्रको निरीक्षण

सेयर गर्नुहोस्

१९ भदौ (२०८३), नुवाकोट । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८३ भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटकोे स्थलगत निरीक्षण गर्नुभएको छ । 
बाढीले क्षति पुर्याएको अवस्था बुझ्न अध्यक्ष ओली आज पत्नी राधिका शाक्य र बाढीले क्षति पुर्याएको अवस्था बुझ्न अध्यक्ष ओली आज पत्नी राधिका शाक्य, पार्टीका सचिव महेश बस्नेत, नेताहरु प्रदीप ज्ञवाली, गुरु बराल लगायतसहित नुवाकोटको विदुरस्थित बाढी प्रभावित तटीय क्षेत्रमा पुग्नुभएको हो ।  उहाँले ओली बाढीबाट क्षतिग्रस्त सडक, घर तथा अन्य संरचनाको अवलोकन गर्दै स्थानीय पीडितसँग भेटेर उनीहरूका समस्या सुन्नुभयो । 
अध्यक्ष ओलीलाई भेट्न पुगेका स्थानीयहरुले बाढीपछि आफूहरूले भोगिरहेको पीडा र कठिनाइ सुनाएका थिए । घरबारविहीन बनेका कतिपय स्थानीयले सुरक्षित बास, खाद्यान्न, खानेपानी र दीर्घकालीन पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
विनाशकारी बाढीले घर, सडक, पुल, विद्युत संरचना र खेतबारी बगाएपछि प्रभावित क्षेत्र अहिले लेदो, ढुङ्गा र भग्नावशेषले भरिएको छ । बाढीपछि प्रभावित क्षेत्रमा एमाले निकट स्वयंसेवकहरू उद्धार तथा राहतमा खटिएका छन् । उनीहरू हिलो र भग्नावशेष हटाउने, अवरुद्ध बाटो खुलाउने, घरभित्र पुरिएका सामान निकाल्ने तथा राहत सामग्री वितरण गर्ने काममा सक्रिय छन् ।
स्थलगत निरीक्षणपछि सञ्चारकर्मी तथा स्थानीय अगुवासँग कुरा गर्दै अध्यक्ष ओलीले विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र लिन नहुने बताउनुभयो । उहाँले जलवायु सङ्कट र नदीको प्राकृतिक बहाव क्षेत्रमा भएको अतिक्रमणका कारण जोखिम बढेको भन्दै अब असुरक्षित स्थानमा बस्ती पुनर्स्थापना गर्न नहुने धारणा राख्नुभयो ।
‘यी बस्तीहरूलाई फेरि यही जोखिमपूर्ण बगरमा फर्काउन सकिँदैन । भूगर्भविद्हरूको अध्ययनका आधारमा सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिनुपर्छ’ अध्यक्ष ओलीले भन्नुभयो ।
बाढीपीडितहरू अहिले अस्थायी आश्रयमा बस्न बाध्य छन् । वर्षायाम अझै सकिएको छैन भने चिसो मौसम नजिकिँदै गर्दा बालबालिका, वृद्धवृद्धा तथा अन्य प्रभावितको अवस्था थप कठिन बन्ने चिन्ता स्थानीयको छ ।
पीडितहरूले तत्काल सुरक्षित अस्थायी आवाससँगै दीर्घकालीन पुनर्वास र पुनःनिर्माणको प्याकेज घोषणा गर्न माग गरेका छन् । अध्यक्ष ओलीले पीडितका समस्या संसद् र सरकारसमक्ष प्राथमिकताका साथ उठाउने तथा राहत र पुनःनिर्माणमा आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
उहाँले बाढी प्रभावितका लागि सरकार नदेखिएको र सरकारका मन्त्रीहरू एआईबाट तस्वीर बनाएर प्रचार गर्नमा मात्रै लागेको बताउनुभयो । प्रभावितलाई ढाडस दिने मान्छे समेत नभएको उहाँको भनाइ छ ।

हामीसँग जोडिनुहोस्