एमाले आज

प्रवासी नेपाली मञ्चद्वारा रु. २० लाख सहयोग

सेयर गर्नुहोस्

२० भदौ (२०८३), काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीपहिरोको महाविपत्तिमा परेकाहरुको तत्काल उद्धार र राहतका लागि रु. बीस लाख सहयोग पठाएको छ ।  
प्रवासी नेपाली मञ्चले नेकपा (एमाले)ले स्थापना गर्ने राहत कोषमा जम्मा हुने गरी राष्ट्रिय बाणिज्य बैङ्कमा रहेको पार्टीको खातामा उक्त रकम जम्मा गरेको छ । 
भोटेकोशीले महाविपत्ति सिर्जना गरेको भोलिपल्ट भदौ ११ गते बसेको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको सचिवालयको आकस्मिक बैठकले मातृभूमिप्रतिको दायित्वलाई आत्मसात गर्दै बाढी तथा पहिरो प्रभावित नागरिकहरूको तत्काल राहत तथा सहयोगका लागि कमिटीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो । 

 

हामीसँग जोडिनुहोस्